फुर्सदमा ‘झाँक्री’
पाेखरा | असार १७, २०७९
पोखरा : निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पदमुक्त भएपछि फुर्सदमा देखिन थालेकी छिन् ।
नेकपा एकिकृत समाजवादीका सांसद तथा नेता रामकुमारी झाँक्रीले मन्त्री पदबाट मुक्त भएपछि गत बुधबार टिकटक लाइभमा आइन् । उनले आफु ९ महिनापछि टिकटकको लाइभमा आएको बताउदै समर्थकमाझ गिफ्ट पनि मागिन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
टिकटक लाइभमा समर्थकले सांसद झाँक्रीलाई अबको प्रदेश तथा संसदीय निर्वाचनमा कहाँ देखि चुनाब लड्ने भनेर जिज्ञासा राखेको देखिन्छ । उनले सो प्रश्नको उत्तरमा सर्मथकहरुले नै सल्लाह सुझाव दिन आग्रह गरेकी छिन् ।
टिकटक लाइभमा १ हजार भ्यूअर पुगेपछि उनले भनिन्, अरु सामाजिक सञ्जाल भन्दा टिकटक लाइभमा आम–सर्वसाधारणसँग जोडिन सजिलो हुने भएकाले ९ महिना पछि टिकटक लाइभमा जोडिएकी छु ।
उनको लाइभमा एक समर्थकले माकुनेको खबर के छ? भनि कमेन्ट गर्दा प्रतिउत्तरमा उनले त्यसो त नभन्नुस्न साथी हो । भन्दै जवाफिएकी छिन् ।
उनलाई केही समर्थकहरुले एमालेमा फक्रिन आग्रह गरेका छन् भने केहीले समाजवादको नारा नछोड्न आग्रह गरेका छन् । सांसद झाँक्री नेकपा विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट शहरी विकासमन्त्री भएकी थिइन् ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

